२०८२, ३ श्रावण शुक्रबार | Fri Jul 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपदबाट बच्न महालक्ष्मीका मेयरको अपिल



धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले विपदबाट बच्न अपिल गरेका छन् । सार्वजनिक सूचना गर्दै मेयर रायाले मनसुन सकृय भएसँगै विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन अपिल गरेका हुन् ।

धनकुटा, भोजपुर र संखुवासभा आसपासमा परेको अभिरल वर्षाका कारण अरुण नदिमा पानीका बहाव बढेको भन्दै अरुण आसपासका क्षेत्रका नागरिकलाई सतर्क रहन मेयर रायाले अपिल गरेका छन् ।

जलतथा मौषम विभाग र जिल्ला प्रशासन कार्यालयले अझै केहि दिन भारी वर्षा हुनसक्ने जनाएकाले अरुण नदि तथा आसपासका खोला किनार, जोखिमपूर्ण क्षेत्रमा बसोबार गर्ने सबै नागरिकलाई सुरक्षित स्थानमा बसोबास गर्न, विपद्मा परेकालाई उद्धार गर्न आग्रह गर्दै मेयर रायाले सरोकारवालालाई विपद् जोखिम न्यूनिकरणमा विशेष भूमिका खेल्न आनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८०, ३ असार आइतबार ००:००  ६ : २३ बजे