२०८१, ५ श्रावण शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस नबद्लिए मुलुक बन्दैन : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बलिएको कांग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् ।

काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देश बदल्न सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए ।

उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए । उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि नेपाली कांग्रेसलाई फरक ढङ्गमा चलाउनु पर्ने जिकिर गरे । महामन्त्री थापाले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए ।

उनले कांग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए । उनले देश अप्ठ्यारोमा भएको बेला कांग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने उनको भनाइ छ ।

उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने बताए ।

‘सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस कांग्रेस जस्तो हुँदैन । देश नबदलि भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन की भन्ने डरबाट युवाहरु विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाईको चिन्ता आएको छ’, उनले भने, ‘यो बीचमा कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली काँग्रेसले आफूलाई बदल्छ ।’

उनले बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्ने बताए ।

‘कांग्रेस अहिले जसरी चलेको छ । त्यसरी नै चल्ने हो । ठिक भएर चलेको छ भनेर मान्दैनौँ भने काँग्रेस दुर्घटनामा जान्छौं । हामी जसरी चलिरहेका छौं । यो भन्दा भिन्न ढङ्गबाट चल्नुपर्छ । चल्न सक्छौं । काँग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं । कहिले काँही जग बदल्नुपर्छ । कहिले काँही झ्यालबाट बदल्नुपर्छ । धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ । जे कुराको समस्या हुन्छ त्यो बदल्नुपर्छ’, थापाले भने, ‘त्यो बदल्दै ठिक बनाएर जाने हो । काँग्रेस हाम्रो घर हो । हाम्रो जीवन लागेको छ । देशमा अफ्ठ्यारो परेको बेला नेपाली काँग्रेसले ठिक ढङ्गले देशलाई समालेन भने देशको अर्को १० देखि १५ वर्ष जान्छ । अफ्ठ्यारो परेको बेला काँग्रेस देश सम्हाल्नुपरेको छ ।’

महामन्त्री थापाले सिङ्गो नेपाली कांग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले कांग्रेसले आफूलाई बदलेन भने कांग्रेस जस्तो नहुने बताए । उनले कांग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताए ।

प्रकाशित मिति : २०८०, ५ असार मंगलबार ००:००  ८ : ३४ बजे