२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा भदाैसम्म ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न नपाइने



ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले ढुंगा, गिटी, बालुवा उत्खनन् तथा संकलनमा रोक लगाएको छ । वर्षाको समयमा बाढी पहिरोजस्ता प्रकोपको जोखिम बढ्ने भएकाले नगरपालिकाले खोलाबाट ढुंगा गिटी, बालुवा उत्खनन् तथा संकलनमा रोक लगाएको हो ।

ढुंगा गिटी, बालुवा उत्खनन्, विक्रि तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म नगरभित्रका खोलाहरुबाट नदिजन्य ढुंगा, गिटी, वालुवा उत्खनन्मा पूर्णरुपमा प्रतिबन्द लगाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताए । विपद् जोखिम न्यूनिकरणका लागि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर ढुंगा, गिटी वालुवा ननिकाल्न अपिल गरिएको उनको भनाई छ ।

तोकिएको ३ महिना असार १ गतेदेखि भदौ मसान्तसम्म वर्षाको समयमा ढुंगा गिटी, बालुवा उत्खनन् गरेमा प्रचलित कानुन अनुसार कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

सिद्धिचरण नगरपालिका भित्रका खोलाखोल्साको दोहन बढेसँगै वर्षेनी बाढी पहिरो र भू–क्षयका घटनाहरु बढ्न थालेका छन् ।

प्रकाशित मिति : २०८०, ६ असार बुधबार ००:००  ११ : १२ बजे