२०८२, ४ चैत्र बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोल समिति र आमा समुह स्थानीय सरकारका साझेदार हुन् : वडाअध्यक्ष भट्टराई



काठमाडौं । बूढानिलकण्ठ नगरपालिका १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराईले टोल सुधार समिति र आमा समुह स्थानीय सरकारका बलिया साझेदार भएको बताएका छन् । टोल टोलका समस्या पहिचान र समाधानका लागि जनप्रतिनिधिसँग हात्तेमालो गर्ने समुह समिति स्थानीय सरकारका बलिया साझेदार बनेको बताएका हुन् ।

बूनपा १२ मा आफुले टोल सुधार समिति र आमा समुहलगायतका सकृय संगठित युवा क्लवसहितका फोरमलाई सँगै अघि बढाएको वडाअध्यक्ष भट्टराईले बताए । ‘टोल विकास समितिहरु, आमा तथा महिला एवम् किशोरी समुह, युवा क्लवजस्ता नागरिकका फोरमहरुलाई हामीले विकासका साझेदारका रुपमा लिएर अघि बढेका छौं ।’ वडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी दिनमा पनि नागरिक सरोकारका विषयमा उहाँहरुसँगै सहकार्य गरेर अघि जाने योजना छ ।’ स्थानीय सरकारका हरेक गतिविधिमा साथ दिन वडाबासीलाई अध्यक्ष भट्टराईले अपिल गरेका छन् ।

प्रकाशित मिति : २०८०, ६ असार बुधबार ००:००  १ : २३ बजे