२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगञ्जको बजेट : एक हजार ईंट्टामा १५० रूपैयाँ प्रदूषण कर



काठमाडौं । वीरगञ्ज महानगरपालिकाले ईंट्टामा प्रदूषण सेवा शुल्क लिने घोषणा गरेको छ ।

महानगरका उपप्रमुख इम्तियाज आलमले बुधबार प्रस्तुत गरेको बजेटमा महानगरभित्र सञ्चालित ईंट्टा उद्योगले उत्पादन गर्ने प्रति ईंट्टामा १५ पैसा प्रदूषण सेवा शुल्क लिने घोषणा गरेका हुन् ।

वीरगञ्ज महानगरले स्वास्थ्यका लागि हानिकारक रक्सी, गुटखा, तम्बाखु उद्योगलाई थप ५० प्रतिशत व्यवसाय कर लगाउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको महानगरले व्यवसाय कर वृद्धि गरेको हो। फलाम, सिमेन्ट, जङ्‍कफूड, पेन्टस र ईंट्टा उद्योगलाई व्यवसाय करमा ५० प्रतिशत थप गरी लिने व्यवस्था बजेटले गरेको छ ।

प्रकाशित मिति : २०८०, ६ असार बुधबार ००:००  ४ : १६ बजे