२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या ४ पुग्याे



ओखलढुंगा । ओखलढुंगामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अविरल वर्षाका कारण गएराती पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको थियो भने २ जना बेपत्ता भएका थिए । बेपत्ता २ जनाको समेत शव भेटिएको छ ।
विहिबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षिय रणबहादुर गुरुङको घर पहिरोले बगाउदा गुरुङ सँगै उनकी २९ वर्षिय श्रीमती शिवमाया गुरुङ, १० वर्षिय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको हो ।

आमा बाबुको शव बिहानै भेटिएपनि बेपत्ता छोराछोरीको शव स्थानीय र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिए ।

राती करिब ११ बजेको समयमा बस्ति माथिबाट आएको पहिरोले गुरुङकोसँगै अन्य तीन घर पहिरोले बगाएको छ ।


बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको छ । अन्यले भागेर ज्यान जोगाएका थिए ।

पहिरोले पुरिएर ४ जनाको मृत्यु भएपछि विलन्दुगाउँ शोकमा परेको छ ।

२०७२ को भूकम्पले धाँजा फाटेको जमिनमा पानी पसेर पहिरो जाँदा जनधनको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उक्त क्षेत्रलाई भूकम्पपछि जोखिमयुक्त भनिएको थियो ।

प्रकाशित मिति : २०८०, ८ असार शुक्रबार ००:००  १२ : २३ बजे