२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्यमन्त्री कपको उपाधि इलामले जित्यो



ओखलढुंगा । कोशी प्रदेश स्तरिय मुख्यमन्त्री कपको उपाधि इलामले जितेको छ । ओखलढुङ्गामा सञ्चालित मुख्यमन्त्री कपको फुटबलको फाईनल खेलमा संखुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै ईलामले उपाधि जितेको हो ।

जित सँगै ईलामले नगद दुई लाखसहित, ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेता संखुवासभाले नगद एक लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

खेलका विभिन्न विद्यामा उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । बेस्ट गोलकिपर ईलामका मौसम मगर, बेस्ट डिफेन्स ईलामका आयुश तिमलसिना, बेस्ट फरवार्ड संखुवासभाका मन्दिप राई, उच्च गोलकर्ता ओखलढुङ्गाका संजय गुरुङ, बेस्ट मिडफिल्डर संखुवासभाका पर्शु राई र बेस्ट कोचको उपाधि ईलामका छिरिङ पासाङले हात पारेका छन् । 

यस्तै पुरा खेल अवधिभर म्यान अफद सिरिजको उपाधी ईलामको विशाल तामाङ जितेको जिल्ला खेलकुद विकास समिति ओखलढुङ्गाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिए । 

ओखलढुङ्गामा कोशी प्रदेश स्तरिय मुख्यमन्त्री कप पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नुहुने सम्पुर्ण क्षेत्र व्यक्तित्वहरुलाई सदस्य सचिव हंशराज वाग्लले धन्यवाद ज्ञापन गरेका छन् । समापन कार्यक्रममा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल र अखिल नेपाल फुटबल संघका वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले प्रतियोगितामा विजेता र उपविजेता समूहलाई पुरस्कार हस्तान्तरण गरेका थिए ।

खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा गत असार ४ गते देखि प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा कोशी प्रदेशका ताप्लेजुङ बाहेक अन्य १३ जिल्लाको सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : २०८०, १० असार आइतबार ००:००  ९ : ५९ बजे