२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धन टुट्दैन, सरकार ढल्दैन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँच वर्ष सत्ता गठबन्धन टिक्ने दाबी गरेका छन्।

प्रचण्ड नेतृत्वको सरकार ढाल्ने गृहकार्य भएको चर्चा चलिरहेको बेलामा धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले भने, ‘यो सरकारको आयु कति भनेर पनि मिडियामा हुने नहुने, तपाईँहरूले हेर्नुभएको होला, सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा गठबन्धनसँग लगातार भएको बैठकहरू र प्रतिपक्षसँग पनि भएको बैठकको आधारमा पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन। हेर्नुहोला।’

विकासको नयाँ युगतिर देश जाने बताए ।

प्रकाशित मिति : २०८०, ११ असार सोमबार ००:००  ३ : ०५ बजे