धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४५ करोड ६९ लाखको बजेट प्रस्तुत गरेको छ । दोस्रो गाउँसभामा आर्थिक वर्ष २०८०-०८१ का लागि उपाध्यक्ष रत्नश्वरी राईले ४५ करोड ६९ लाख ३५ हजार ६ सय २७ रुपैंया बराबरको बजेट प्रस्तुत गरेकी हुन् । पालिकाको चालु तर्फ ६ करोड ५४ लाख ७७ हजार २ सय अनुमानित बजेट प्रस्तुत भएको छ ।
शिक्षा, युवा तथा खेलकुदमा १ करोड ६२ लाख ५० हजार, वडा तर्फ १ करोड ६२ लाख ५० हजार, सडकतर्फ १ करोड ४५ लाख, संघिय सशर्त, विशेष र समपूरक अनुदान सञ्चालित योजनाहरु २३ करोड ३७ लाख १८ हजार, प्रदेश सशर्त र समपूरक अनुदानबाट सञ्चालित योजनाका लागि १ करोड ८८ लाख ८६ हजार, ह्युमन प्राक्टिससँगको साझेदारीमा विद्यालय पूर्वाधार निमार्णका लागि १ करोड ७९ लाख ५४ हजार ४ सय २६ रुपैया विनियोजन भएको छ ।
पालिकाको वित्तियसमानीकरण अनुदान ८ करोड ५४ लाख,संघ सरकारबाट राजश्व वाँडफाड ७ करोड ६३ लाख ८७ हजार २ सय, प्रदेश सरकारबाट सवारी करको वाँडफाड २५ लाख ३ हजार ,सर्शतअनुदान चालु र पुँजिगत २२ करोड १४ लाख १८ हजार, आन्तरिकराजश्व ७० लाख आम्दानी गर्ने अनुमान गरिएको छ ।
सिमित स्रोतबाट नागरिकका असिमित आवश्यकता पुरा गर्नेगरी लोकप्रिय कार्यक्रमसहितको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए । विगतका अधुरा योजनालाई पूर्णता दिँदै सहिदभूमिका समृद्धिका लागि नयाँ रचनात्मक योजना अघि सारिएको अध्यक्ष राईको भनाई छ ।












