२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिशंखुगढीको बजेट ४२ करोड ५५ लाख: पूर्वाधार विकासमा जाेड



ओखलढुंगा । चिशंखुगढीको बजेट ४२ करोड ५५ लाख १३ हजार ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाले ४२ करोड ५५ लाख १३ हजार एक सय रुपैंया बजेट ल्याएको छ । आइतबार गाउँपालिकाको १३ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि बजेट ल्याएको हो ।

गाउँपालिकाले मुख्य प्राथमिकतामा भौतिक पूर्वाधार विकासमा ४ करोड ३५ लाख २५ हजार, सामाजिक विकास तर्फ एक करोड ७८ लाख ६६ हजार, आर्थिक विकास तर्फ ९५ लाख १३ हजार र वातावरण तथा विपद् व्यवस्थापन तर्फ ६५ लाख विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष सन्तोषबाबु थापाले बताए । गाउँपालिकाले यो पटक समेवेशी रुपले बजेट विनियोजन गरेको उनको भनाई छ ।

चिशंखुगढीले नीति तथा कार्यक्रममा युवा स्वरोजगार, समाजिक विवेद अन्त्यका लागि अन्तरजातिय विवाह प्रोत्साहन, बुहारी छात्रवृति, महिला स्वास्थ्य स्वयं सेवीकाको निःशुल्क बीमा, आङ खस्ने समस्या भएका महिलाहरुको निःशुल्क उपचारलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको  छ ।   

हिजाे सम्पन्न गाउँसभामा अध्यक्ष निशान्त शर्माले नीति कार्यक्रम  र उपाध्यक्ष सन्तोषबाबु थापाले बजेट प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : २०८०, ११ असार सोमबार ००:००  ३ : ४९ बजे