२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयरले बजेट नदिएपछि वडाध्यक्षले राजीनामा दिए



दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष जितेन्द्र शाहले बजेटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।

उपमहानगरपालिकाको १३औं नगरसभामा राजीनामापत्र मेयर नरुलाल चौधरीलाई बुझाएर वडा अध्यक्ष शाह बाहिरिएका हुन् ।

आफ्नो वडामा बजेट नहालेकाले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै वडाध्यक्ष शाहले राजीनामा दिएको बताइएको छ । मेयर चौधरी र वडाध्यक्ष शाह दुवै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

आफ्नै पार्टीबाट निर्वाचित मेयरले वडामा बजेट नदिएपछि शाह राजीनामा दिने निष्कर्षमा पुगेको उनी निकट नेताहरुले बताएका छन् ।

यसअघिको बजेट ल्याउँदा पनि राजीनामा दिने घोषणा गरेका उनले यसपटक राजीनामा दिएरै छाडेका छन् । तर, उनले दिएको राजीनामा पत्रमा हस्ताक्षर भने गरेका छैनन् ।

उपमहानगरका प्रवक्ता राममणि पाण्डेले सबै वडाहरुमा समानुपातिक बजेट वितरण भएकाले सबैलाई मागेअनुसार बजेट नपुगेको बताए ।

राजीनामा दिएका शाहको स्वभाव त्यसैप्रकारको भएको र गत वर्ष पनि राजीनामा दिने भन्दै हिंडेको बताउँदै उनले नगरको वास्तविकता बुझाएर सल्लाह गरेर निकास निकालिने जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १३ असार बुधबार ००:००  १० : ३५ बजे