२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशी मिलन समाज गठन : नेतृत्वमा जालन्धर कार्की



काठमाडाैं । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका युवाहरु सामुहिक कार्यका लागि एकतावद्ध भएका छन् । गाउँको समग्र विकास र समृद्धिका लागि योगदान गर्ने उद्देश्यले गाउँपालिका भित्रका युवाहरु संगठित भएका हुन् ।

राजधानीमा शनिवार बसेको सुनकोशी गाउँपालिका भित्रका युवाहरुको भेलाले सुनकोशी मिलन समाज गठन गरेको छ । समाजको इन्चार्जमा जालन्धर कार्की र सह ईन्चार्जमा गंगा सागर तामाङ निर्विरोध चयन भएका छन् । समाजको सदस्यहरुमा विष्णु गिरी, देबेन्द्रबाबु राई, ईन्द्रबहादुर खड्का, नबराज श्रेष्ठ, चुनबहादुर मगर, कृष्ण कार्की, अमरबहादुर मगर लगायत छन् ।

सुनकोशी गाउँपालिकाका १० वटा वडाका १० जना प्रतिनिधि र उनिहरु मध्येबाट १ जना ईन्चार्ज र अर्का एक जना सह ईन्चार्ज तथा अन्य ८ जना पदाधिकारी हुने र सुनकोशीको सरोकार राख्ने युवाहरु त्यो सस्थाको सदस्य हुने व्यवस्था गरिएको समाजका सदस्य सुनकाेशीका समाजसेवी युवा सन्तोष कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार युवालाई स्वरोजगार बनाउने, कृषि तथा पशुपालनका लागि गाउँपालिका क्षेत्र भित्रका किसानलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने, अर्गानिक उत्पादनमा जोड दिने, उत्पादित कृषि उपजको बजारीकरणका लागि पहल गर्ने, गरिब विपन्न तथा अल्पसंख्यक समुदायको हितका लागि युवाहरुले सामुहिक रुपमा सहयोग गर्ने संस्थाको उद्देश्य छ ।

सुनकोशीका युवाहरुले सामुहिक रुपमा सामाजिक कार्य गर्नका लागि मासिक बचत अभियान थालेका छन् । आम्दानी गरेको केही रकम सामुहिक रुपमा बचत गरेर सामाजिक विकासमा योगदान गरिने राजधानीमा बसोबास गर्ने सुनकोशीका युवाहरुले उद्घोष गरेका छन् ।

प्रकाशित मिति : २०७७, १० श्रावण शनिबार ००:००  ४ : ०९ बजे