२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिखुमा उपाध्यक्ष सहायता कक्षमा टोल फ्रि नम्बर सञ्चालन



ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको उपाध्यक्ष सहायता कक्षमा टोल फ्रि नम्बर राखिएको छ । हिंसामा पीडित एवम् अन्याय र अफ्ठ्यारोमा परेकालाई सहज न्यायिक सेवा लिन र पालिकाका सेवा सम्बन्धी कुनै गुनासो र सुझाव दिन नागरिकका लागि पैसा नलाग्ने फोन नम्बर सञ्चालन गरिएको हो ।

न्यायिक सम्पादनलाई थप व्यवस्थित, सेवा प्रवाहलाई सहज बनाउँदै पालिकाको नीति कार्यक्रमका बारेमा नागरिकसँग निरन्तर संवादका लागि उपाध्यक्ष सहायता कक्षको अवधारणा ल्याइएको र टोल फ्रि नम्बर समेत सञ्चालन गरिएको उपाध्यक्ष अस्मिता थापाले बताइन् । अन्य थप रचनात्मक काम गर्ने योजना भएपनि बजेट अभावले एकैपटक सबै काम गर्न नसकिएको उपाध्यक्ष थापाको भनाई छ । बजेटका सिमितताले गर्दा थुप्रै रहरहरु /सपनाहरु उजागर गर्न सकिएको छैन , यस्पालि यसै सम्बन्धित सुरक्षीत घर निर्माण गर्ने रहर थियो जहाँ घर नभएका लिखुबासी लाइ ढुक्कले एक झुप्को निद्रा दिन सकियोस्, बेसहारा कोहि हुन नपरोस् यदि भएपनि कोहि केहि परिवेशले सहारा दिन सकियोस् तर अहिले सेफ हाउस निर्माण गर्न सकिएन ।´ थापाले भनिन्बजेट व्यवस्थापन गरेर बाँकी योजना पुरा गरिनेछ ।´ उपाध्यक्ष सहायता कक्षमा आफ्ना कुरा राख्न लिखुबासीले १८१०५०००००७ मा सम्पर्क गर्न सक्नेछन् । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

प्रकाशित मिति : २०८०, १३ असार बुधबार ००:००  १२ : ०२ बजे