२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनलाइनबाटै सदस्यता वितरण गर्दै कांग्रेस



कांग्रेसले परम्परागत प्रणालीलाई परिवर्तन गर्दै अनलाइनमार्फत सदस्यता वितरण थालेको छ । महामन्त्री गगन थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिले मंगलबारबाट अनलाइनमार्फत सदस्यता वितरण थालेको हो ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सदस्यता वितरणमा रहँदै आएको प्रक्रियागत झन्झटलाई कम गर्न अनलाइन प्रणालीको सुरुवात गरिएको जानकारी दिए । आवेदन र सदस्यता शुल्क अनलाइनबाटै बुझाउन सकिनेछ । ‘इच्छाएको व्यक्तिले पार्टी सदस्यता नपाउने र सदस्यता लिएका पनि क्रियाशील छन्/छैनन् भन्ने अवस्था रह्यो । सदस्यता वितरणको परम्परागत प्रणालीलाई परिवर्तन गरेर डिजिटल प्रणालीमा रूपान्तरण गरेका हौँ । यसले सदस्यता वितरणको प्रक्रियागत झन्झटलाई अन्त्य गर्नेछ,’ उनले भने ।

कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीका अनुसार केन्द्रीय कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड उपलब्ध गराइनेछ । सदस्यताका लागि २० रुपैयाँ शुल्क लाग्नेछ । केन्द्रले उपलब्ध गराउँदै आएको क्रियाशील सदस्यता कार्डसमेत अब जिल्ला कार्यसमितिले नै प्रिन्ट गरी उपलब्ध गराउनेछ । यससँगै क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रियासमेत अनलाइनबाटै हुने उनले जानकारी दिए । नवीकरणका लागि जिल्लाबाटै प्रक्रिया पूरा गरी कार्ड उपलब्ध गराइनेछ ।

कांग्रेसले निरन्तर सदस्यता वितरणको काम हुने जनाएको छ । ‘अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको छ । यसका लागि विधान र नियमावलीमा रहेका केही विषयमा संशोधनको प्रक्रिया पूरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको वेबसाइटबाट अनलाइनमै भर्न सकिनेछ,’ पराजुलीले भने । कांग्रेसको तथ्यांकमा १५ लाखभन्दा बढी साधारण सदस्य र आठ लाख ६५ हजारभन्दा बढी क्रियाशील सदस्य छन् । यो संख्या अद्यावधिक हुने क्रममा रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
इच्छाएको व्यक्तिले पार्टी सदस्यता नपाउने र सदस्यता लिएका पनि क्रियाशील छन्/छैनन् भन्ने अवस्था रह्यो । सदस्यता वितरणको परम्परागत प्रणालीलाई परिवर्तन गरेर डिजिटल प्रणालीमा रूपान्तरण गरेका हौँ । यसले सदस्यता वितरणको प्रक्रियागत झन्झटलाई अन्त्य गर्नेछ ।

प्रकाशित मिति : २०८०, १३ असार बुधबार ००:००  १२ : १६ बजे