२०८३, २१ बैशाख सोमबार | Tue May 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूरा समातेर ठूला भ्रष्ट्रचारी छाड्ने काम नहोस् : सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललिता निवास जग्गा प्रकरणमा ठूला माछालाई नछाड्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले उक्त प्रकरणमा साना व्यक्तिहरू समातिन थालेको बताउँदै ठूला व्यक्तिहरू समातिनेमा शंका व्यक्त गरेका हुन्।

‘ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो,’ उनले भने, ‘ठूला ४ आना, ८ आना, ३२ आनाका माछाहरू पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस्। भूरालाई जालमा हाल्ने ठूलालाई छोड्ने काम नगरोस्।’

उनले पशुपतिनाथको जलहरी प्रकरणमा पनि दुइटा मुचुल्का तयार भएको भन्दै यसको सत्यतथ्य जानकारी गराउन माग पनि गरेका छन्।

खतिवडाले जलहरी प्रकरणमा संलग्न १३ जनाको नाम प्राप्त भए पनि केही मन्त्रीका पिएसो र ड्राइभरहरू छुटेको बताउँदै उनीहरूको पनि नाम समावेश गर्नुपर्ने बताए।

‘सञ्चारमन्त्रीले हो कि पर्यटन मन्त्रीले हो, कसैको पनि नाम नछुटोस्। कति परे कति परेनन्। स्वर्ण अक्षरले नाम लेख्ने परम्पराको विकास होस्,’ उनले भने।

प्रकाशित मिति : २०८०, १३ असार बुधबार ००:००  १ : ०४ बजे