२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान सिकिस्त



ओखलढुंगा । बिषालु च्याउ खाँदा ओखलढुंगामा १ जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशंखुगढी गाउँपालिका ७ डाँडागाउँकी २४ बर्षीय कल्पना शर्माको ज्यान गएको हो । कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी छन् ।

असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा श्रीमान श्रीमती नै बिरामी परेका थिए । जंगली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो ।

काठमाण्डौको टिचिङ अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राती मृत्यु भएको र श्रीमान पर्शुराम खतिवडाको अबस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । 

जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ । खेतबारी र जंगलमा उम्रिने विभिन्न प्रकारको च्याउ मध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्यु समेत हुने गरेको छ ।

गत वर्ष जिल्लाको चम्पादेवीमा २ जनाको जंगली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८०, १५ असार शुक्रबार ००:००  १२ : ४४ बजे