२०८१, ४ जेठ शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुगुको छाँयानाथ रारालाई हरित नगर बनाइने, १ घर १० बिरुवा रोप्न मेयरको आग्रह



काठमाडाैं । मुगुको छायाँनाथ रारा नगरपालिकालाई हरित नगर बनाइने भएको छ । विश्वमा चर्चित रारा ताल र छायाँनाथ धामसहितका सुन्दर पर्यटकीय क्षेत्र भएको नगरपालिकालाई हरित नगर बनाउने अभियान थालिएको हो ।

नगरपालिकालाई स्वच्छ, सुन्दर र हरावरा बनाउन १ घर १० बिरुवा रोप्ने अभियान थालिएको छ । नगरपालिका भित्रका सबै घरधुरी र सरकारी कार्यालय विद्यालयहरु र संघ संस्थामा आवद्ध व्यक्तिहरुले आफु बस्ने ठाउँ वरिपरि विरुवा रोप्ने अभियान सुरु गरिएकाले  नगरपालिको नीति अनुसार हरित नगरपालिका बनाउने अभियानमा जुट्न सबै नगरबासीलाई मेयर विष्णुकुमार भामले आग्रह गरेका छन् । ‘यो अभियानले हाम्रो नगरको स्वच्छता र सुन्दरता अझ बढ्नेछ ।’ मेयर भामले भने, ‘नगरले थालेको यो अभियानमा सबैले आ– आफ्नो ठाउँ बाट सहयोग गरौं’ अभियानमा नगरबासी उत्साहित भएर लागेको मेयर भामको भनाई छ ।

भिडियाेमा हेर्नुहाेस् छायाँनाथ रारा नगरपालिका र यहाँका जनप्रतिनिधिकाे सकृयतामा भएकाे काम :

प्रकाशित मिति : २०८०, १७ असार आइतबार ००:००  ३ : ५७ बजे