२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनेस्कोको सदस्यमा खिजीदेम्बाका अध्यक्ष गम्बु शेर्पा मनोनित



ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा युनेस्कोको सदस्यमा मनोनित भएका छन् । युनेस्को राष्ट्रिय आयोगको विधान २०३१ (संशोधनसहितको) परिच्छेद २ को दफा ३ उपदफा (२) र (३) बमोजिम असार ८ गते बसेको शिक्षा मन्त्री र आयोगका अध्यक्षस्तरको निर्णयबाट शेर्पालाई युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सदस्यमा मनोनित गरेको हो ।

लामो समय विभिन्न विकसित मुलुकमा बसेर त्यहाँको विकासक्रमको अध्ययन गरी स्वदेश फर्किएर आफ्नो गाउँ बनाउने उद्देश्यले खिजीदेम्बामा राजनीती सुरु गरेका शेर्पा नेपालकै लोकप्रिय जनप्रतिनिधिमा पर्छन् ।

अब युनेस्कोको सदस्य भएर शेर्पाले चार बर्ष काम गर्नेछन् । अनुभव, योग्यता र विशेषज्ञताका आधारमा शेर्पा सदस्यमा मनोनित हुन सफल भएका हुन् ।

खिजीदेम्बाको अध्यक्षमा निर्वाचित भएपछि शेर्पा प्रादेशीक र संघीयस्तरका विभिन्न जिम्मेवारीमा समेत मनोनित भएका छन् ।

प्रकाशित मिति : २०८०, २० असार बुधबार ००:००  १० : ३३ बजे