खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पर्यटन प्रवद्र्धनका कामलाई तिव्र पारेको छ । इतिहास, सस्कृती , पर्यटन र पर्यावरण सहितको गन्तव्य निर्माण गर्ने अभियान चलाएको नगरपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा जोड दिएको छ ।
एक वडा एक सांस्कृतिक पर्यटनको नीति लिएको नगरपालिकाले सल्लेमा खोक्चिलिपा पोखरीसहितका ऐतिहासिक पूर्वाधार विकासका काम गरिरहेको छ ।
हलेसीको समृद्धिको आधारका रुपमा रहेको पर्यटनलाई थप प्रवद्र्धन गरेर ऐतिहासिक नगरका रुपमा विकास गरिने नगरप्रमुख विमला राईले बताइन् । हलेसी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई केही दिन स्थानीय उत्पादनका अर्गानिक परिकार र मनोरम वातावरणमा रम्नसक्ने परिस्थितीको निर्माण भइसकेको उनको भनाई छ ।
हलेसी तुवाचुङ नगरपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रचारप्रसार गरेर विश्वभर हलेसी नगरभित्रका पर्यटकीय क्षेत्र चिनाउने लक्ष्य लिएको छ ।