२०८१, १४ बैशाख शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियाकाे राष्ट्रिय युवा सचिवमा प्रबेश पौडेलको उम्मेदवारी



अष्ट्रेलियाको राष्ट्रिय युवा फोरमको सचिवमा प्रबेश पौडेलले उम्मेदवारी दिएका छन् । अष्ट्रेलियामा नेपाली समाजमा लोकप्रिय पौडेलले गैर आवसिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय युवा फोरममा सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । राष्ट्रिय युवा फोरमको निर्वाचन जुलाई २९ मा हुँदैछ ।

अन्तराष्ट्रिय विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका पौडेल यहाँको नेपाली समाजमा सहयोगी एवम् युवा पुस्तामा कला र क्षमताका अब्बल व्यक्तिका रुपमा परिचित छन् । अष्ट्रेलियाबाट बिजनेस र एकाउन्टेनमा दुई बिषयमा माष्टर गरेका पौडेल लामो समय देखि अध्ययन रोजगारी र हाल बैकिङ क्षेत्रमा आबद्ध रहि बिभिन्न सामाजिक संघ सस्थामा काम गर्दै आएका छन् । पौडेलले अष्ट्रेलियामा रहेका नेपालीलाई हरेक समस्यामा साथ दिँदै आएका छन् ।

एनआरएनए अष्ट्रिेलियाको टाक्स फोर्समा काम गरिसकेका पौडेल नेप्लीज कम्यिूनिटी अफ न्यूकालसका संस्थापक सह–सचिब र निर्वतमान सचिब हुन । आगामी २०२३–२०२५ को कार्यकालमा सचिव पदमा विजयी भए पश्चात पौडेलले के के गर्ने भन्ने योजना नै तय गरेका छन् । नेपाली समुदायका हरेक गतिविधिमा साथ दिने देखि विशेषगरी युवा र विद्यार्थी केन्द्रित धेरै योजनासहित जिम्मेवारी लिने र पदमा बस्दा रचनात्मक काम गर्ने उद्घोष छन् ।

अष्ट्रेलियामा राष्ट्रिय युवा सम्मेलन गरेर सम्पूर्ण युवा र विद्यार्थीलाई एकतावद्ध बनाएर काम गर्ने, स्वरोजगार, आत्मर्निभर, युवाको सुन्दर भविष्यसँग जोडिएका सवाल र मानसिक स्वास्थ्यलगायतका दर्जनौं विशेष कार्यक्रम ल्याउने उनको योजना छ ।

अष्ट्रेलियामा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थीलाई नजिकबाट सहयोग गर्दै आएका पौडेल राष्ट्रिय युवा फोरमका हेविवेट उम्मेदवार मानिएका छन् । नेपाली युवामा सम्भावना बोकेका युवा भएकाले उनलाई सबैले सद्भाव राखेका छन् ।

प्रकाशित मिति : २०८०, २५ असार सोमबार ००:००  १० : १५ बजे