२०८१, २३ माघ बुधबार | Wed Feb 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाँजा खेतीको सम्भाव्यता अध्ययन र घरेलु मदिरा ब्राण्डिङ गर्दै मानेभञ्ज्याङ



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले गाँजा खेतीको सम्भाव्यता अध्ययन र घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गाउँपालिका भित्र सुर्ती र गाँजा खेतीको सम्भाव्यता अध्ययन र घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको छ ।

घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानून निर्माण गर्दै यसलाई ब्राण्डिङ गर्ने निति तथा कार्यक्रम ल्याईएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । घरेलु मदिरालाई ‘ब्याण्ड (प्रतिबन्ध) होईन ब्राण्ड’ बनाइनुपर्ने अवधारणा अनुसार आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रममा मौलिक संस्कृति तथा परम्परागत सिपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्राण्डिङ गर्ने योजना समावेश गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाई छ ।

नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी सृजना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्न सकिने तथा अर्थतन्त्रमा समेत सकरात्मक प्रभाव पार्ने सम्भावनालाई मध्यनजर गर्दै लोकल रक्सिलाई स्तरोन्नति गरी ब्राण्डिङ गर्ने योजना बनाईएको अध्यक्ष रुम्दालीले बताउनुभयो । ‘घरेलु उत्पादनलाई प्रवर्धन गर्दै संमृद्धिसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्य अनुसार लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउने नीति अघि सारिएको हो ।’ अध्यक्ष रुम्दालीले भन्नुभयो, ‘स्थानीयको आर्थिक अवस्था सुधार्न पनि यसले निकै मद्दत पुग्छ । जनजातीको बाहुल्यता रहेकाले यहाँ यो नीति कार्यान्वयनमा समस्या हुँदैन । भोलि मानेभञ्ज्याङको उत्पादन विश्व बजारमा पुग्छ ।’ राष्ट्रिय तथा प्रादेशिकस्तरमा लोकल रक्सिको ब्राण्डिङका सवालहरु उठेपनि ठोस काम हुननसकेको अवस्थामा मानेभञ्ज्याङले आफैं नीति ल्याएर काम थाल्ने भएको छ ।

घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवद्र्धन गर्ने नीति तथ कार्यक्रम ल्याए पनि गाउँपालकाले अनुमती बिना मदिरा विक्रि वितरणमा भने रोक लगाउने भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिराको ब्राण्डिङ गर्ने, सुर्ति र गाँजा खेतीलाई समेत प्रबद्र्धन गर्ने नीति ल्याएपछि स्थानीय खुसी भएका छन् ।  

प्रकाशित मिति : २०८०, २६ असार मंगलबार ००:००  १० : २२ बजे