२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानेपोखरीका विपन्न परिवारलाई घर



मोरङको कानेपोखरी गाउँपालिकाले थप ८ विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्ने भएको छ ।

तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत प्राप्त बजेटबाट पालिकाले निर्माण गरेका घर गत वर्षको संविधान दिवसका दिन ६ परिवारलाई हस्तान्तरण गरेको थियो । आफ्नो जमिन नभएका र कमाउन पनि नसक्ने अति विपन्न परिवारलाई घर प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजमति इङ्नामले बताए । आँगनमा पानी पिउने ट्युबवेल, शौचालयसहितको दुईकोठे घर पाएपछि ६ परिवारले आफ्नो श्रमबाट प्राप्त आम्दानीलाई छोराछोरी पढाउनका लागि खर्च गर्न थालेका छन् ।

आर्थिक वर्ष २०७९-०८० मा पनि पालिकाले ४ वटा घर निर्माण गरेको छ । पालिकाले खरिद गरेको जमिनमा उत्तरतर्फबाट घर निर्माण गर्न थालिएको थियो । यो पटक भने पालिकाले ४ वटा घरमा ८ परिवार बस्ने मिल्ने बनाएको छ ।

४ परिवारको आँगन उत्तर फर्किएको हुनेछ भने ४ परिवारको आँगन दक्षिण फर्किएको हुनेछ । कुनै पनि परिवारलाई अघि वा पछि बसेको अनुभूति नहोस् भन्ने उद्देश्यले एउटै घरको दुवैतर्फ मुख बनाइएको छ ।

प्रकाशित मिति : २०८०, २९ असार शुक्रबार ००:००  २ : ५९ बजे