२०८२, ५ माघ आइतबार | Sun Jan 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गौरीशंकर गाउँपालिका उपाध्यक्ष तामाङको निधन



दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ ।

गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तामाङको आज निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । तामाङ कामको शिलशिलामा काठमाडौं पुगेका बेला एक्कासी पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशंकामा मध्यपुर थिमि अस्पतालले गंगालाल हृदय रोग केन्द्र बाँसबारी रिफर गरेको थियो । हिजोबाटै सिसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि आज दिउँसो शल्यक्रिया गरिएको पारिवारीक स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय तमाङ कांग्रेस र माओवादीको गबन्धनबाट विजयी भएका थिए । उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०८०, ३१ असार आइतबार ००:००  ३ : ५५ बजे