२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मण्डनदेउपुरमा १५ शैयाको अस्पताल निर्माणको काम शुरु



मण्डनदेउपुर नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको काम थालिएको छ । नगरबासी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले संघ सरकारसँगको साझेदारीमा नगरपालिकाले अस्पताल निर्माणको काम थालेको हो ।

गाउँमै सुविधासम्पन्न अस्पताल निर्माण भएर सञ्चालनमा आएपछि आधारभुत स्वास्थ्य उपचारका लागि महंगो शुल्क तिरेर अन्यन्त्र बिरामी लैजानुपर्ने अवस्थाको अन्त्य हुने नगरप्रमुख टोक बहादुर वाईबाको भनाई छ ।

नगरपालिकाको वडा नम्बर ७ मा अस्पताल निर्माण शुरु भएको हो । निर्माण स्थलको नगरप्रमुखसहित वडा नम्बर ७ का वडा अध्यक्ष विष्णुप्रसाद पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष निराजन विष्ट, पूर्व वडा अध्यक्षहरु र नगरपालिकाका इन्जिनियर तथा प्राविधिकलगायतले स्थलगत निरीक्षण गरेका छन् ।

प्रकाशित मिति : २०८०, ३ श्रावण बुधबार ००:००  ५ : ०५ बजे