धनकुटाको साँगुरीगढी गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी घरपरिवारलाई निस्सा वितरण गरिएको छ । गाउँपालिका भित्रका ३९ दलित भूमिहिन सुकुम्बासीलाई जग्गा प्राप्तिका लागि निस्सा वितरण गरिएको हो ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, राष्ट्रिय भूमि आयोग जिल्ला समिति धनकुटाका अध्यक्ष बलबहादुर राई, वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार ठाकुर, योजना तथा प्रशासन प्रमुख दोर्ण राई लगायतको उपस्थितिमा ३९ घरपरिवारलाई निस्सा वितरण गरिएको थियो ।
निस्सा वितरण गरिएको कुल ३९ घरपरिवार मध्ये १० घरपरिवार भूमिहीन दलित र बाँकी २९ घरपरिवार सुकुम्वासी भूमिहीन घरपरिवार रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । निस्सा वितरण भएसँगै लालपूर्जा प्राप्तिको प्रक्रिया सुरु भएको छ ।
निस्सा पाएका लाभग्राहीहरूको थप अनुगमन गरि जग्गा वितरण गर्न नापजाँच गर्ने कार्य अगाडि बढेको र छिट्टै लालपूर्जा वितरणको कार्य सुरु हुने जनाईएको छ ।