२०८१, १८ माघ शुक्रबार | Fri Jan 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बस्नेतद्वारा विपद व्यवस्थापनलाई सहयोग रकम हस्तान्तरण



काठमाडौं । गैर आवासीय नेपाली सङ्घ अमेरिकाकी महिला संयोजक दीक्षा बस्नेतले ओखलढुङ्गा विपद व्यवस्थापन समाजलाई सहयोग रकम हस्तान्तरण गरेकी छन् । विपद व्यवस्थापनको सामाजिक अभियानमा सहयोग गर्ने उद्देश्यका साथ बस्नेतले व्यवस्थापनका सहअध्यक्ष गुरु केदार बराललाई एक लाख दुई हजार रकम हस्तान्तरण गरेकी हुन् ।

ओखलढुङ्गा गाम्नाङ्टार स्थायी घर भइ हाल अमेरिकाको क्यालिफोर्निया राज्य  सान्फ्रान्सिस्को शहरमा बस्दै आएकी बस्नेतले अमेरिका बस्दै आएका ओखलढुंगेबाट रकम सङ्कलन गरेर सहयोग गरेकी हुन् ।

व्यवस्थापनका सहअध्यक्ष बरालका अनुसार, प्राप्त रकम ओखलढुङ्गाको लिखु गाउँपालिकाका १ सय २ जना गरिब, अपाङ्ग, अशक्त, एकल महिला तथा पुरुषलाई १ हजारको दरले वितरण गरिने छ । रकम हस्तान्तरणको लागि गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए ।   

प्रकाशित मिति : २०७७, ११ श्रावण आइतबार ००:००  ४ : ४३ बजे