रसुवाको नौकुण्ड गाउँपालिकालाई स्मार्ट पालिका बनाइने भएको छ । प्रविधिमैत्री सेवाको सुनिश्चितता गरेर स्मार्ट पालिका बनाइने भएको हो ।

सबै नागरिकमा सूचना प्रविधिको पहुँच प¥याउन सबै वडामा ईन्टरनेट विस्तार गरी सूचना प्रविधिको पहुँचलाई उच्चतम प्रयोग गरि नौकुण्डलाई प्रविधिमा स्मार्ट पालिका बनाउने नीति लिइएको गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले बताए । पालिकाका सेवा प्रवाहदेखि विद्यालयको पठनपाठन समेत प्रविधिमैत्री बनाइने उनको भनाई छ ।
नौकुण्डले चालु आर्थिक वर्षमा गौरवका योजनाका रुपमा पूर्वाधार विकास र शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याएको छ ।