२०८३, १ आश्विन बिहिबार | Thu Sep 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चापाकोटमा निःशुल्क एम्बुलेन्स सेवा शुरु



स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको छ। नगरपालिकाले एम्बुलेन्स सेवा दिएसँगै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाको उपाचार सेवा प्रवाहमा सहज भएको छ। पलिकाले ज्येष्ठ नागरिक, अपाङ्गता र गर्भवती महिलालाई एम्बुलेन्स सेवा निःशुल्क दिए भएको छ ।

नगरवासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो। नगर प्रमुख देवबहादुर खाणले एम्बुलेन्सको अभावमा नागरिकलाई स्वास्थ्य सेवामा समस्या परेपछि पालिकाले खरिद गरेर प्रयोगमा ल्याएको बताए ।

एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण गरेर थप प्रभावकारी हुने गरी एम्बुलेन्स सञ्चालनमा ल्याउने नगरपालिकाले जनाएको छ। एम्बुलेन्स सेवाबाट चापकोट नगरपालिकाका नागरिकको साथै पाल्पाको रामपुर नगरपालिकाका नागरिकले समेत सेवा पाउने छन् ।

प्रकाशित मिति : २०८०, ५ श्रावण शुक्रबार ००:००  १२ : २७ बजे