२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यौन दुर्व्यवहार आरोपमा च्यानमका एक पुरुष पक्राउ



बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ओखलढुंगाको च्यानमका सुनकोशीका एक पुरुष पक्राउ परेका छन् । आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका ८ च्यानमका ४० वर्षीय रामकृष्ण कार्कीलाई शुक्रबार उनको घरैबाट पक्राउ गरेको हो ।

आरोपित कार्कीले साउन ४ गते बिहीबार साँझ ७ बजे ति बालिकामाथि यौनदुर्व्यवहार गरेको भन्दै पीडित पक्षले शुक्रबार दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

घटनाबारे अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ५ श्रावण शुक्रबार ००:००  ७ : ०६ बजे