२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालीका गाउँमा बल्याे विजुली



बाजुराको हिमाली गाउँपालिकामा विजुली बलेको छ । देशकै दुर्गम मानिने हिमालीमा स्थानीय सरकारको अगुवाईमा बत्ति बलेको हो ।

जिवीको पार्जनका लागि वैकल्पिक उर्जा र हिमाली गाउँपालिकाको संयुक्त लगानीमा कुवाडीमा १ सय किलोवाटको विद्युत उत्पादन गरेर गाउँमा वितरण गरिएको छ । करिब २ वर्ष अगाडी निर्माण भएको आयोजना निर्माण भएको थियो । परीक्षण प्रशारणकै क्रममा पहिरोले पावर हाउसमा क्षति गरेपछि विद्युत ठप्प भएको थियो । गाउँपालिका र वैकल्पिक उर्जाले करिब १ करोड लगानी गरेर आयोजना मर्मत गरेसँगै अहिले हिमालीका वडा नम्बर ४, ५ र ६ नम्बर वडामा पर्ने हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा विजुली बल्न थालेको छ ।  धुलाचौर, रुघिन, बोर्ता, कुवडी, बच्छ्याँ लगायतका क्षेत्रमा विद्युतीकरण गरिएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । उज्यालो हिमाली अभियान नै चलाएर पालिकामा विद्युतीकरणको काम अघि बढाइएको अध्यक्ष मल्लको भनाई छ । ‘दुर्गम छ समस्या धेरैछन् तर हामी नागरिक सरोकारका हरेक क्षेत्रलाई सँगसँगै अघि बढाइरहेका छौं । हिमालीमा विजुली बल्नेकुरा कसैले कल्पना समेत गरेका थिएनन् । अहिले घरघरमा बत्ति बल्यो जनता खुसी छन् ।’ उनले भने, ‘विजुली पुगेपछि अरु धेरै विकाससँगै जोडिएर पुगेका छन् । यसको दिगोपनामा लाग्छौं र अन्य वडामा समेत विद्युत बाल्छौं ।’ अध्यक्ष मल्लका अनुसार विजुली पुगेका घरहरुमा खुसीयाली छाएको छ भने दैनिकी सहज बनेको छ । यसअघि केहीका घरमा सोलार भएपनि अधिकांश स्थानीयहरु अध्यारोमै बस्न बाध्य थिए । घरमा विजुली बलेपछि स्थानीयले गाउँपालिकाका जनप्रतिनिधिकाे कामकाे प्रशंसा गरेका छन् ।

देशकै दुर्गम मानिने विच्छ्या क्षेत्रमा समेत विद्युतीकरणको पहल थालिएको छ । कादुरीसँगको सहकार्यमा नातिखोलामा ११३ किलोवाट विद्युत उत्पादन गरेर हिमालीका १, २ र ३ नम्बर साविकको विच्छ्या गाविसमा विद्युतीकरण गरिँदैछ ।

प्रकाशित मिति : २०८०, ६ श्रावण शनिबार ००:००  ५ : ०१ बजे