२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रैथानेबालीकाे संरक्षण र बजारीकरण गर्दै खत्याड



मुगुको खत्याड गाउँपालिकाले कृषि मार्फत किसानको आयस्रोत बढाउने नीति ल्याएको छ । उच्च मुल्यका फलफुल, तरकारी तथा अन्नबालीहरुको पकेट क्षेत्रहरुको पहिचान गरी सघन कृषि क्षेत्रको निर्धारण गरी व्यवसायिक कृषि कार्यक्रम सञ्चालन गर्ने, रैथाने बालीको विउ संरक्षण, खेती विस्तार र बजारीकरण गर्ने भएको हो ।

रैथानेबालीको संरक्षण गरेर पर्यटकलाई स्थानीय उत्पादनको परिकार खुवाउने र पालिकाको उत्पादनलाई ब्राण्ड बनाउने लक्ष्य राखिएको गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले बताए । कृषि उपजको आयात प्रतिस्थापन गर्ने नीति लिएको खत्याडले पशुपालनलाई आधुनिक र प्रविधिमा आधारित बनाउने भएको छ ।

खत्याडमा सामुहिक खेती प्रवद्र्धनका लागि एक बगैँचा एक स्वामित्व कार्यक्रम सञ्चालन हुने भएको छ । एक वडा एम नमूना उत्पादनका लागि विशेष कृषि कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

खत्याड गाउँपालिकाकाे कृषि नीति हेर्नुहाेस्

प्रकाशित मिति : २०८०, ७ श्रावण आइतबार ००:००  ११ : १९ बजे