२०८२, ७ चैत्र शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्लुङ जिल्ला स्तरीय न्यायिक समितिको प्रथम सम्मेलन गर्दै जैमिनी



जैमिनी नगरपालिकाले जिल्ला स्तरीय न्यायिक समितिको प्रथम सम्मेलन आयोजना गर्ने भएको छ । यसैवर्ष बाग्लुङ जिल्ला स्तरीय न्यायिक समितिको प्रथम सम्मेलन जैमिनी नगरपालिकाको न्यायिक समितिको नेतृत्वमा जिल्लास्तरीय सम्मेलन हुने भएको हो ।

जिल्लाभित्रका स्थानिय तहको न्यायसम्पादनलाई थप प्रभावकारी बनाउने र समितिहरुका बीचमा सहकार्य बढाउने उद्देश्यले जिल्लास्तरीय न्यायिक समितिको सम्मेलन गर्ने योजना ल्याइएको जैमिनी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक हरिहर शर्माले बताए ।

नगरपालिकाले जिल्लास्तरीय न्यायिक समितिको प्रथम सम्मेलन आयोजना गर्न ४ लाख बजेट विनियोजन गरेको छ ।

न्यायिक समितिहरु सबै स्थानिय सकृय रहेपनि जिल्ला स्तरमा एउटै फोरम बनाएर अघि बढ्न सकेका छैनन् ।

जैमिनीले आयोजना गर्ने न्यायिक सम्मेलनले देशभरका न्यायिक समितिहरुलाई जिल्लास्तरमा छलफल गर्न, योजना बनाउन र न्यायसम्पादन प्रभावकारी बनाउन सन्देश दिने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : २०८०, १० श्रावण बुधबार ००:००  १० : २१ बजे