२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुम्लुलाई प्रविधिमैत्री पालिका बनाइँदै



काभ्रेको भुम्लु गाउँपालिकालाई प्रविधिमैत्री पालिका बनाइने भएको छ । स्मार्ट पालिकाको अवधारणा अनुसार समयानुसार सेवा प्रवाहको लक्ष्यसहित पालिकालाई प्रविधिमैत्री बनाउने नीति लिइरहेको हो ।

गाउँपालिकाका नीति, कार्यक्रम, बजेट, निर्णय र कार्यान्वयनको अवस्थासहितका गतिविधिलाई व्यवस्थित एवम् पारदर्शी बनाई नागरिक समक्ष सहजरुपमा पु¥याउन पालिकालाई प्रविधिमैत्री बनाउने नीति लिइएको भुम्लुका उपाध्यक्ष जितेन्द्रमान तामाङ (दावा लामा) को भनाई छ । उपाध्यक्ष तामाङका अनुसार भुम्लुले यसवर्ष ‘हाम्रो पालिका’ नामको आफ्नै मोवाइल एप्स बनाउने भएको छ । एप्स मार्फत नागरिक वडापत्र, स्थानीय सरकारका निर्णय, सुचना र जनहितमा जारी सन्देशहरु प्रवाह हुनेछन् ।

चालु आर्थिक वर्षको नीतिमा पालिकालाई फ्रि वाइफाइ जोन बनाउने देखि सबै विद्यालयमा ईन्टरनेट पु¥याउनेसम्मका विषय समेटिएका छन् । विद्यालय र पर्यटकीय स्थलमा सिसिटीभी जडान गरेर पालिका मार्फत निगरानी समेत गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ११ श्रावण बिहीबार ००:००  १० : २६ बजे