२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरीमा २ करोडको कर्जा लगानी समझदारी पत्रमा हस्ताक्षर



कागेश्वरी मनोहरा नगरपालिकाले स्वरोजगार प्रवद्र्धन गर्ने भएको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र कागेश्वरी मनोहरा नगरपालिकाको साझेदारीमा सहकारी मार्फत स्वरोजगारको अभियान चलाउने भएको हो ।

सहकारी संस्थालाई उद्यमशिलता कर्जा लगानी गर्न कोष र नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कर्जा लगानी प्रकृयाका सम्बन्धमा छलफल, जिज्ञासामा सम्बोधन गर्दै दुईपक्षिय साझेदारीमा कुल २ करोडको कर्जा लगानी समझदारी पत्रमा हस्ताक्षर तथा संझौता आदानप्रदान गरिएको नगरप्रमुख उपेन्द्र कार्कीले बताए ।

यो कर्जा लगानी कार्यक्रममा सहकारीलाई ४ प्रतिशतमा कोषबाट कर्जा प्रदान गर्ने र सहकारीले सदस्यलाई कुनै सेवा शुल्क नलिई ८ प्रतिशतमा कर्जा प्रदान गर्नुपर्नेछ ।

सदस्यले नियमित रुपमा व्याज फिर्ता गर्दा ६० प्रतिशत व्याज अनुदानमा पुनः फिर्ता पाउने प्रावधान सहितको सहुलियतमा कर्जा लगानी तथा असुली कार्यविधि, २०७७ बमोजिमको मापदण्ड पुगेर छनोट भएका सहकारीलाई क्रमिक रुपमा यो कार्यक्रममा समेट्ने र नगरपालिकामा स्वरोजगार प्रवद्र्धनका साथै उद्यमशिलता विकास गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, ११ श्रावण बिहीबार ००:००  ११ : १६ बजे