२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आधा खर्चमै नगरबासीको उपचार गराउँदै गोकर्णेश्वरका मेयर



गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगरबासीको स्वास्थ्य उपचारलाई सहज बनाउन लागेका छन् । नगरपालिका भित्रका अस्पतालहरुमा नगरबासीको उपचार गराउँदा छुटदिने व्यवस्थाका लागि मेयर रिसालले पहल थालेका हुन् ।

जोरपाटी नारायणटार स्थित नेपाल अर्थोपेडिक अस्पतालसहित नगरपालिकाका सबैजसो अस्पतालसँग मेयर रिसालले नगरबासीको उपचारलाई सहज बनाउने विषयमा छलफल गरेर उपचार सम्झौतासमेत गरिसकेका छन् ।

यसरी सम्झौता गरिएको अर्थोपेडिक अस्पतालमा गोकर्णेश्वर नगरपालिकाका सबै स्थायी बासिन्दाहरुले छुटसहितको सेवा लिनसक्ने मेयर रिसालको भनाई छ । उहाँका अनुसार  जुनसुकै उमेर समूहका नागरिक बिरामी भई उपचार गर्नु परेमा बिरामीले ५० प्रतिशत अर्थात आधा रकम मात्र व्यहोर्नुपर्नेछ । बाँकी रकममा अस्पतालले ३० प्रतिशत छुट गर्नेछ भने नगरपालिकाले २० प्रतिशत अस्पताललाई उपलब्ध गराउने छ ।

औषधिको रकम भने बिरामी आफैले व्यहोर्नु पर्नेछ ।

यस्तो छुट बार्षिक १ लाखसम्मको उपचारमा लाग्ने रकम बराबर हुनेछ ।

तर यो सेवा लिन गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दा हुनुपर्नेछ ।

प्रकाशित मिति : २०८०, ११ श्रावण बिहीबार ००:००  २ : ३९ बजे