२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मण्डनदेउपुरमा सामुहिक बाख्रापालन शुरु



काभ्रेको मण्डनदेउपुरमा सामुहिक बाख्रा पालन शुरु गरिएको छ । नगरपालिकाको वडा नम्बर ११ भाटपोलमा नगरकै पहिलो सामुहिक बाख्रापालनको शुभारम्भ गरिएको हो ।

नगरपालिकाको आर्थिक सहयोगमा जय लक्ष्मी महिला विकास कृषि समूहले शुरु गरेको सामूहिक बाख्रा पालनलाई शुभारम्भ गर्दै नगरप्रमुख टोक बहादुर वाईबाले एकतामा बल हुनेभन्दै सामुहिक व्यवसाय फस्टाउने बताए । कृषि र पशुपालनलाई सामुहिक र आधुनिक व्यवसायका रुपमा अघि बनाउन नगरपालिकाले पहल थालेको छ ।

मण्डनदेउपुरका नागरिकलाई नगरभित्रै आत्मनिर्भर र स्वरोजगार बनाउन नगरपालिकाले कृषिको आधुनिकिकरणमा जोड दिएको छ । 

स्थानीय सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग पाएपछि किसान कृषि र पशुपालनमा आकर्षित हुन थालेका छन् ।

सामुहिक बाख्रा पालन शुभारम्भ कार्यक्रममा नगर उपप्रमुख विष्णुमणि नेपाल, वडा अध्यक्ष दिपेन्द्र लामा, पशुपंक्षी शखाका प्रमुख ध्रुब प्रसाद पराजुलीलगायत सहभागी थिए ।

प्रकाशित मिति : २०८०, १२ श्रावण शुक्रबार ००:००  ३ : २४ बजे