२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेताको उपचार नेपालमै हुन्छ, राज्यकाे ढुकुटीबाट विदेशमा उपचार हुँदैन : स्वास्थ्य मन्त्री बस्नेत



स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले अब सरकारी ढुकुटी रित्याएर भिभिआईपी र भिआईपीले विदेशमा उपचार गराउन नपाउने बताएका छन् । दक्षिणकाली नगरअस्पताल उद्घाटन गर्दै मन्त्री बस्नेतले सबै विशिष्ट व्यक्तिको उपचारका लागि वीरअस्पतालमा विशेषज्ञसहितको व्यवस्था मिलाइएको बताएका हुन् ।

नेपाली नेताहरु विदेशमा उपचार गराउन जाँदा राज्य कोषको करोडौं रकम खर्च भएको विषयलाई जनभावना अनुरुप आफुले नेपालमै उपचारको व्यवस्था गर्ने र विदेशमा उपचार आफुखसी गराउनेको खर्च सरकारले नदिने व्यवस्था गरेको मन्त्री बस्नेतको भनाई छ । ‘नेपालमै भिभिआइपी र भिआईपीहरुको उपचार हुन्छ । राज्यको पैसा लिएर विदेशमा उपचारका लागि जाने परम्पराको अन्त्य गर्न लागेको छु ।’ मन्त्री बस्नेतले भने, ‘सबै नेपालीको निशुल्क उपचार सेवा पाउने अवस्था आउँछ त्यसका लागि मैले पहल थालेको छु ।’ अहिले देशभर ३ हजार ५ सय २३ शैयामा निःशुल्क उपचारका लागि व्यवस्था गरिएको मन्त्री बस्नेतले बताए ।

२ वर्षभित्र आधारभुत सेवा निःशुल्क र ५ वर्षभित्रमा संविधानले ग्यारेन्टी गरेअनुसारको निःशुल्क उपचार सेवा नेपाली नागरिकले पाउने उनको भनाई थियो ।

दक्षिणकाली नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै दक्षिणकालीले अघि बढाएका थप योजनामा संघिय सरकारले साथ दिने बताए ।

प्रकाशित मिति : २०८०, १४ श्रावण आइतबार ००:००  १२ : १६ बजे