२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश १ को प्रहरी कार्यालय सिल



काठमाडौँ । कोरोना संक्रमण जोखिम बढेपछि प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीलाई सिल गरिएको छ । पाँच जनामा कोरोना संक्रमण फेला परेसँगै अन्य प्रहरीहरुमा समेत लक्षण देखिन थालेपछि विराटनगरस्थित डीआईजी कार्यालयलाई अघोषित सिल गरिएको हो ।

कार्यालयमा बाहिर र भित्र आवत जावत बन्द गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख इश्वरी बाबु कार्कीले जानकारी दिए । प्रहरी उपरीक्षक कार्कीले सबैलाई क्वारेन्टाइन बस्न निर्देशन दिएको बताए । ब्यारेकमा नबसी कोठा भाडामा बस्ने र कार्यालयमै बस्नेलाई पनि अन्यत्र हिडडुलमा प्रतिबन्ध लगाइको छ ।

प्रहरी कार्यालयको दैनिक कामकाज अनलाइन प्रणालीबाट मात्रै हुँदै आएको छ । कार्यालयमा कार्यरतमध्ये १४३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आइतबार ००:००  ७ : ०६ बजे