२०८१, १९ बैशाख बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपन्नदेखि विश्व किर्तिमानीसम्मको रोजाईमा ‘मनास्लु वल्ड कलेज’



काठमाडौंको मनास्लु वल्र्ड कलेज विपन्नदेखि विश्व किर्तिमानीसम्मको रोजाईमा परेको छ । युवा सुहाउँदो शिक्षाको ग्यारेन्टी गरेको मनास्लुले देशभरका विद्यार्थीको ध्यान खिचेको हो ।

विपन्न तथा जेहेनदारलाई छात्रवृत्तिसहित गुणस्तरीय शिक्षा लिने अवसरसमेत दिने मनास्लुमा सबै वर्गका विद्यार्थीको आकर्षण छ ।

देशभरका विद्यार्थीको रोजाईमा परेको मनास्लुमा विभिन्न विद्यामा नाम कमाएका विद्यार्थीहरु पनि अध्ययनका लागि आउने गरेका छन् ।

यसैबीत विश्व किर्तिमानी राख्न सफल सौगात विष्टले एसईई पछिको कक्षा ११ अध्ययन गर्न मनास्लु वल्र्ड कलेज रोजेका छन् ।

७ वर्ष ३४० दिनको उमेरमा विश्व किर्तिमानी राख्न सफल सौगात विष्टले कक्षा ११ मा कानुन विषय अध्ययनका लागि मनास्लु वल्ड कलेजमा भर्ना गराएका हुन् ।

मनास्लुले राष्ट्रिय प्रतिभा भएकोले विष्टलाई कक्षा ११ तथा १२ अध्ययन गर्नका लागी पुर्ण छात्रवृत्ति दिएको यस कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए ।

विष्टले विश्वको सबैभन्दा कान्छो निर्देशकको रुपमा सन २०१४ मा विश्व किर्तिमान राख्न सफल भएका थिए । उनले निर्देशन गरेको चलचित्र “लव यु बाबा” हो । यस चलचित्र मार्फत नै विष्टले विश्व किर्तिमान राख्न सफल भएका थिए ।

मनास्लु वल्र्ड कलेजले जेहेन्दार तथा विभिन्न अतिरिक्त कृयाकलापका क्षेत्रहरु खेलकुद, गायन, नृत्य तथा विभिन्न फरक क्षमताका विद्यार्थीहरुलाई स्थापनाकालदेखि नै ५०% देखि १००% सम्म छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

यसरी विभिन्न विधामा अब्बल तथा क्षमतावान विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेर विभिन्न क्षेत्रमा सफल नेतृत्व उत्पादन गर्ने मनास्लु कलेजको मुख्य उद्देश्य रहेको कलेजका अध्यक्ष गेन्द्र लामाले जनाए ।

विद्यार्थीको रोजाईमा पर्न सफल रहेको मनास्लु वल्र्ड कलेजमा विज्ञान, व्यवस्थापन, कानुन तथा मानविकि संकायमा अध्ययन अध्यापन गराइन्छ ।

प्रकाशित मिति : २०८०, १५ श्रावण सोमबार ००:००  २ : ५६ बजे