२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड भेट्दै बाबुराम



कोशी प्रदेशका सभामुख बाबुराम गौतम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार गएका छन् ।

प्रदेशमा गठबन्धनको सरकार बनाउन बहुमत नपुग्ने अवस्था आएकाले गौतमलाई राजीनामा दिन चौतर्फी दबाब आइरहेका बेला उनी बालुवाटार पुगेका हुन् ।

सत्ता गठबन्धनले बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकारको दाबी गर्ने तयारी गरेको छ ।

माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि सभामुखको राजीनामा आउने बताइरहेका बेला गौतम प्रचण्ड भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।

यसअघि सरकार गठनको कसरतमा काठमाडौं पुगेका संसदीय दलका नेताहरु धमाधम विराटनगर पुगिरहेका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा केही समयअघि विराटनगर पुगिसकेका छन् ।

यस्तै नेकपा एमाले संसदीय दलका नेता, राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, भक्ति सिटौला पनि भर्खरै विराटनगर विमानस्थल पुगेका छन् । माओवादी संसदीय दलका नेता आङ्बो र नेकपा एसका नेता राजेन्द्र राई पनि विराटनगर जाने तयारीमा छन् ।

प्रकाशित मिति : २०८०, १६ श्रावण मंगलबार ००:००  ११ : ४५ बजे