बैतडीको शिवनाथ गाउँपालिकाले १ वर्षमा करिब १ सय ६५ किलो मिटर सडक निर्माण गरेको छ । गाउँपालिका भित्रका सबै टोलबस्तिलाई सडक सञ्जालमा जोड्ने लक्ष्य राखेको शिवनाथले गत आर्थिक वर्षमा १६४.४ किलोमिटर सडक निर्माण गरेको हो ।
शिवनाथले ४ वटा मुख्य र २५ वटा शाखा सडकहरु निर्माण गरेको छ । पालिकाभित्रका अधिकांश टोलबस्ति सडक सञ्जालमा जोडिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए । विगतमा पैदल यात्रीका लागि समेत सहजबाटो नभएका ठाउँहरुमा समेत मोटरबाटो पु¥याइएको अध्यक्ष साउदको भनाई छ । अब सबै ग्रामिणसडकको स्तरोन्नती गरिने उनको भनाई छ । ठुला सडक याेजनाकाे विस्तृत परियाेजना प्रतिवेदन डिपिआर समेत गाउँपालिकाले बनाएकाे छ ।
पूर्वाधार विकासलाई प्राथामिकतामा राखेको शिवनाथले खानेपानीको समस्या समाधानका लागि लिफ्टीङ आयोजना शुरु गरेको छ । वडा नम्बर ३ को पोखरेठी र वडा नम्बर ५ को सिमारमा लिफ्टीङ खानेपानी आयोजना शुरु गरिएको हो ।
गत आर्थिक वर्षमा १० शैयाको आधारभुत अस्पताल, विभिन्न वडाको वडा कार्यालय भवन, विद्यालयका भवन निर्माणलगायतका काम गरेको छ ।
शिवनाथले १ वर्षमा गरेको भौतिक पूर्वाधार विकासको प्रगति हेर्नुहोस् ।
