रोल्पाको रुन्टीगढी गाउँपालिकाले ५० करोडको तरकारी निर्यात गर्ने लक्ष्य लिएको छ । कृषि आधुनिकिकरण र तरकारी मार्फत किसानको जीविकोपार्जनममा जोड दिएको रुन्टीगढीले १ वर्षमा ५० करोड मुल्य बराबरको तरकारी निर्यात गर्ने र त्यसबाट किसानलाई आत्मनिर्भर बनाउने भएको हो ।
रुन्टीगढी गाउँपालिकाले किसानलाई उत्पादनका लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेदेखि उत्पादित कृषि उपजको बजारीकरणसम्म सहयोग गर्दै आएको छ । परम्परागत कृषि प्रणालीलाई परिमार्जन गरेर व्यवसायिक र निर्यातमुखि कृषिमा जोड दिइरहेको गाउँपालिका अध्यक्ष जनक पुनले बताए । गाउँपालिकाको समृद्धिको आधारका रुपमा रहेको कृषि क्षेत्रबाट वार्षिक ५० करोडको तरकारी बेच्ने लक्ष्य राखेको उनको भनाई छ ।
अभ्यास गरौं जैविक खेतिको, जोखिम लिनु पर्दैन क्षतिको भन्ने मान्यतालाई आत्मासाथ गरेको रुन्टीगढीले स्वास्थ्य र पोषण सुधारका लागि एक घर एक करेसाबारीको नीति लिएको छ ।
कृषकको उत्पादन बजारीकरणका लागि गाउँपालिकाकै पहलमा कृषि हाट बजार व्यवस्थापन भएको छ । मुल्यसमेत निर्धारण गरेर कृषि उपजको विक्रि गरिने भएपछि बीचौलियाबाट किसान ठगिने समस्या छैन ।
देशभर युवा बेरोजगारी बढिरहेको र उत्पादित कृषि उपजले बजार नपाइरहेका बेला रोल्पाको रुन्टीगढी गाउँपालिकाले अघि सारेको कृषि नीति निकै उत्कृष्ट छ ।
हेर्नुहाेस् रुन्टीगढीकाे कृषि नीति :