२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा कोरोना पुष्टि



काठमाडौँ । प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दार र सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुमा ज्वरोसहितका लक्षण देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । शाहीले मुख्यालयभित्र देखिएको संक्रमणबारे आधिकारिक रुपमा स्वास्थ्य मन्त्रालयले बताउने भएकाले आफूहरुले बताउन नमिल्ने जनाए । उनले हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजसोलाई आइसोलेसनमा राखिएको बताए ।

चार जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको प्रवक्ता शाहीले बताए । हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित छन् ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आइतबार ००:००  ७ : १८ बजे