२०८२, ४ चैत्र बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाचा पुरा गर्दै सांसद खतिवडा : पानी चुहिने विद्यालयको छानो फेरियो



नेपाली कांग्रेसका युवा नेता तथा ओखलढुंगाका संघिय सांसद रामहरि खतिवडाले जनताका बीचमा गरेका वाचा पुरा गर्दै मोलुङको एउटा विद्यालयको जिर्ण छानो फेर्न जस्तापाता सहयोग गरेका छन् । खतिवडाले मोलुङ २ स्थित गणेश मावि ढुस्केको छानो फेर्न सहयोग गरेका हुन् ।

जस्ता पुरानो भएर कक्षा कोठामा पानी चुहिने अवस्थाको विद्यालयलाई सांसद खतिवडाले ६ लाख रकम बराबरको नयाँ जस्ता सहयोग गरेपछि विद्यालयको छानो फेरिएको स्थानीय प्रकाश दाहालले जानकारी दिए ।

केहीसमय अघि ढुस्के पुगेका सांसद खतिवडाले विद्यालयको छानो फेर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । लगत्तै खतिवडाले जस्तापाता पठाएका हुन् ।

छानो फेरिएपछि पठनपाठनमा निकै सहज हुने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १८ श्रावण बिहीबार ००:००  १० : ०० बजे