२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिकको स्वास्थ्य सेवालाई सहज बनाउँदै सिद्धिचरणका मेयर



ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन लागेका छन् । प्राप्त स्रोत साधानको उपयोग र थप स्रोत संकलन गर्दै मेयर खनाल नगरबासीको स्वास्थ्य सेवा सहज र भरपर्दो बनाउन लागेका हुन् ।

मेयर खनालको पहलमा १५ लाख बराबरको अक्सिजन कन्स्ट्रेटरसहितका स्वास्थ्य सामग्री नगरपालिकाले प्राप्त गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य विभागबाट  ५ थान अक्सिजन कन्स्ट्रेटरसहित अन्य दर्जनौँ स्वास्थ्य सामग्री सिद्धिचरणलाई प्राप्त भएको छ ।

करिब १५ लाख बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको र अन्य स्रोत समेत जुटाएर नगरबासीलाई सरकारी स्वास्थ्य संस्थाबाटै गुणस्तरीय सेवा उपलब्ध गराउन लागिपरेको नगरप्रमुख खनालले बताए ।

नगरवासीकाे स्वास्थ्य सराेकारका मुद्धा बाेकेर मेयर खनाल स्वास्थ्य मन्त्री माेहन बस्नेतसहित स्वास्थ्य सेवा विभागका निर्देशक र अन्य सराेकारवाला कहाँ पुगिरहेका छन् ।

सिद्धिचरणमा स्थानीय सरकार गठनपछि स्वास्थ्यका क्षेत्रमा सुधारका संकेतहरु देखिएका छन् । यद्यपि नगरपालिका भित्रै पर्ने जिल्ला अस्पताल रुम्जाटार र कतिपय सरकारी स्वास्थ्य चौकीको सेवा भन्दा नगरभित्रकै सामुदायिक अस्पताल तर्फ नगरबासीको आकर्षण छ ।

प्रकाशित मिति : २०८०, १९ श्रावण शुक्रबार ००:००  ११ : २४ बजे