२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वृद्धवृद्धालाई घरघरमै स्वास्थ्य उपचार सेवा दिँदै लिखुपिके



सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले ६५ वर्षमाथिका वृद्धवृद्धालाई घरघरमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । वृद्धवृद्धा, शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका व्यक्ति र आधारभुत स्वास्थ्य सेवाको पहुँचबाहिर रहेकालाई नियमित रुपमा घरघरमा पुगेर गाउँपालिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने भएको हो ।

आधारभुत स्वास्थ्य सेवाको पहुँच नपुग्दा दिर्घरोगी बन्न पुगेका पालिकाबासीको स्वास्थ्य परीक्षण र उपचार सेवा घरघरमा पुर्याइने गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले बताइन् । गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषण स्थितीमा सुधार ल्याउन सुत्केरी घरभेट कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बस्नेतको भनाई छ । ‘विशेष क्षेत्रका नागरिकलाई घरघरमा स्वास्थ्य सेवा लैजाने र एम्बुलेन्स सेवामा पनि त्यो वर्गलाई छुट दिने नीति लिएका छौं ।’ अध्यक्ष बस्नेतले भनिन्, ‘औषधी उपचार र थप भौतिक पूर्वाधार विकासका लागि हामी निरन्तर लागिरहेका छौं । लिखुपिकेमा स्वास्थ्य सेवा नमुनाको बनाउने हाम्रो लक्ष्य छ ।’ समस्याको पहिचान गर्न समुदाय स्तरमै स्क्रिनिङ तथा उपचार शिविर सञ्चालन गरिने उनको भनाई छ ।

सम्भावित महामारी तथा विपद्को अवस्थासँग जुध्न आवश्यक पूर्व तयारी गर्ने, स्वास्थ्य बीमाको थालनी गर्ने, बीमामा गाउँपालिकाले अनुदान दिने, रोगको पहिचान र रोगथाम गरी नागरिकको जीवनरक्षाका लागि गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम अन्तरगत ६० वर्ष पुगेका नागरिकको निःशुल्क होलबडी जाँच गर्ने नीति गाउँसभाबाट पारित भएको छ । यसवर्षको स्वास्थ्य नीतिमा आहतमा परेकालाई राहत दिन अध्यक्ष मार्फत विपद सहयोग कार्यक्रम सञ्चाल गरेर विपदमा परेकालाई सहयोग गरिने उल्लेख छ ।

प्रकाशित मिति : २०८०, १९ श्रावण शुक्रबार ००:००  १२ : २८ बजे