२०८२, १३ बैशाख शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक विकासलाई प्राथमिकता दिँदै गढी, यसवर्ष २० किलोमिटर सडक कालोपत्रे गर्ने



सुनसरीको गढी गाउँपालिकाले सडक विकासलाई प्राथमिकता दिएको छ । नयाँ सडक निर्माण र पुराना सडकको स्तरोन्नती गर्दै आएको गढीले यसवर्ष करिब २० किलोमिटर सडक कालोपत्रे गर्ने भएको हो ।

गाउँपालिकामा सडक कालोपत्रेको सुरुवात गर्न यसवर्ष १ करोड बजेट विनियोजन गरिएको छ ।

कोशी प्रदेशको राजधानीबाट नजिकै पर्ने गढीक्षेत्र अन्य स्थानीय तहको तुलनामा सडक विकासमा केही समयअघि सम्म निकै पछाडी थियो वर्तमान जनप्रतिनिधिले पालिका भित्रका सडक निर्माण, स्तरोन्नती र कालोपत्रेको कामलाई गौरवको योजनाका रुपमा अघि बढाएका छन् । विकासको मेरुदण्डका रुपमा रहेको सडकको विकासलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले अनलाइनसरोकारसँग बताए ।

बहुवर्षिय योजनाको रुपमा रहेको वडा नम्बर ६ देखि उत्तरगढी २,५ र ६ को काली मन्दिरसम्म जोड्ने मोटरबाटो कालोपत्रेको काम यसैवर्ष सकिने भएको छ । त्यसका लागि पालिकाले २ करोड रुपैंया विनियोजन गरेको छ ।

गाउँपालिकाका अन्य बाटोघाटो मर्मतका लागि २० लाख बजेट छुट्याइएको छ ।

सडक विकासलाई प्राथमिकता दिएको गढीले अन्य क्षेत्रमा पनि समानुपातिक विकासको नीति लिएको छ ।

प्रकाशित मिति : २०८०, २१ श्रावण आइतबार ००:००  २ : ४५ बजे