२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१५ वटा विद्यालय र ६ वटा वडा कार्यालय भवन बनाउँदै हलेसी तुवाचुङ



खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले यसवर्ष १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने भएको छ । नगर कार्यपालिकाको १०३ औं बैठकले यस बर्ष नगरपालिकाको बजेटबाट १५ वटा सामुदायिक विद्यालयका भवन निर्माण गर्ने निर्णय गरेको हो ।

विद्यार्थी अनुपातमा भवन नभएका र भएपनि जिर्ण बनेका कारण पठनपाठनमा समस्या रहेका विद्यालयमा नयाँ भवन निर्माण गरेर पठनपाठन सहज बनाउने निर्णय भएको नगरप्रमुख विमला राईको भनाई छ ।

आईतबार बसेको नगरकार्यपालिकाको बैठकले नगरपालिकाको प्रशासनिक भवन निर्माण प्रारम्भ गर्ने, नागरिकको प्रशासनिक सेवा प्रवाह गर्न ६ वटा वडा कार्यालय भवन निर्माण गर्ने, बृहत लिफ्टिङ खानेपानी भुम्जुको पानी सञ्चालन गर्न आयोजनाले व्यवस्थापन नगरेसम्मका लागि विधुत महसुलका लागि नगरपालिकाले बजेट व्यवस्था गर्ने, बृहत खानेपानी आयोजना अन्तरगत उपभोक्ताहरुले आफ्नो घरमा पानी लाने पाइप लाइन खन्नलाई निरन्तरता दिने र बाँकीरहेकोमा सुरुवात गर्ने गराउने साथै एसइइमा पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेर प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

नगरसभाबाट पारित नीति कार्यक्रम कार्यान्वयनका लागि नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बीच कार्यसम्पादन सम्झौता समेत भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २१ श्रावण आइतबार ००:००  ८ : ४१ बजे