२०८१, १९ बैशाख बुधबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरघरमा स्वास्थ्य सेवा दिँदै जैमिनी नगरपालिका

निःशुल्क स्वास्थ्य उपचार सुनिश्चितता गर्ने लक्ष्य



बाग्लुङको जैमिनी नगरपालिकाले नगरबासीलाई घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । नेपालको संविधानको धारा ३५ ले जनताको आधारभुत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा लिए झैं जैमिनीले पनि नगरबासीको स्वास्थ्य उपचार सहज, गुणस्तरीय र क्रमश निःशुल्क बनाउने भएको हो ।

रोग पत्ता नलागेका तर स्वास्थ्यमा समस्या भएकाहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता,  वृद्धवद्धा साथै दिर्घरोगीहरुको वर्तमान अवस्थाको जाँचसहित स्वास्थ्य सेवाको पहुँचमा नपुगेकाहरुलाई घरघरमै गएर स्वास्थ्य सेवा दिने नीति लिइएको नगरप्रमुख नरबहादुर पुनले अनलाइनसराेकारसँग बताए । स्वास्थ्य समस्या भएकाहरुको समुदायस्तरमै स्वास्थ्य परीक्षण र उपचारको सुरुवातका लागि घरघरमा स्वास्थ्यकमीए सेवा कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख पुनको भनाई छ ।

जैमिनीका नागरिकको उपचार सेवालाई व्यवस्थित बनाउन स्वास्थ्य उपचार कोष स्थापना गरिएको छ । उक्त कोषमा नगरपालिकाले यसवर्ष १० लाख विनियोजन गरेको छ ।

जैमिनीले खोप सेवाको गुणस्तरीयता कायम राख्दै सुक्ष्म योजनासहित पुर्णखोप दिगोपनालाई सुनिश्चित गर्ने र रोगलागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन प्रबर्धनात्मक प्रतिकारात्मक सेवामा जोड दिँदै नवप्रबर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

बहुक्षत्रिय पोषण कार्यक्रम सञ्चालन गरेर जैमिनीलाई पुर्ण पोषित पालिका बनाइने भएको छ । सुरक्षित मातृत्वका कार्यक्रमलाई प्राथमिकता दिँदै घातक रोग लागेका बिरामीलाई १ लाख सम्म उपचार खर्च दिने जैमिनी नगरपालिकाको नीति छ । जैमिनीले स्वास्थ्यका क्षेत्रमा दिर्घकालिन महत्वका दर्जनौं योजना अघि सारेको छ । नागरिकलाई निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताको लक्ष्य भेट्टाउन नगरको नीति कार्यन्वयनमा सबैको उत्तिकै पहल आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २१ श्रावण आइतबार ००:००  ९ : ४५ बजे