२०८१, ७ जेठ सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगामा गाँउपालिकाको ल्याप्टप चोर्ने ३ युवा पक्राउ



ओखलढुंगाको मोलुङ गाउँपालिकाको ल्याप्टप चोरी गरेको आरोपमा ३ युवा पक्राउ परेका छन् । मोलुङका प्रमुख प्रशासकीय अधिकृत सरोज थापाको सरकारी निवासबाट ल्याप्टप २ थान, मोबाईल २ थान, हेडफोन २ थान र दारी काट्ने मेसिन १ थान चोरी गरेको आरोपमा स्थानीय ३ जना युवालाइृ प्रहरीले पक्राउ गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत थापा बिदामा बसेको समयमा चोरी भएपनि कार्यालय फर्किएपछि घटनाबारे थाहा पाएलगत्तै थापाले प्रहरीलाई साउन २० गते जानकारी गराउनु भएको थियो ।

सरकारी कार्यालयको सामान चोरी गरेको आरोपमा मोलुङ गाउँपालिका–५ का ३ जना किशोरलाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीले जानकारी दिए । चोरीमा संलग्न भएका भनिएका व्यक्तिहरु नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेपनि पक्राउ परेका किशोरहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

चोरीमा संलग्न युवाहरु मोलुङका जनप्रतिनिधिकै परिवारका सदस्य समेत रहेको स्रोतले जनाएको छ ।

चोरी गरिएका सामान सदरमुकामका पसलमा लगेर विक्रि युवाहरुले विक्रि गरिसकेको र व्यापारीहरुले ल्पाप्टपमा भएका पालिकाका प्रमाणहरु नष्ट गरिसकेको अवस्थामा सामान समेत प्रहरीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २२ श्रावण सोमबार ००:००  २ : ३३ बजे